RUMPUM
animated ellipse animated ellipse

विराटनगरको कन्चनबारीमा दुर्घटना, टिपर चालकसहित पाँच घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०८०, बिहीबार १९:४९
2.88k
Shares
विराटनगर / विराटनगर – ४ कन्चनबारीमा सवारी दुर्घटनामा परी टिपर चालकसहित पाँच जना घाइते भएका छन् ।

विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना. ३ ख ६६६४ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ गइरहेको टिफरलाई ठक्कर दिदा टिपर चालकसहित मिनी ट्रकमा सवार पाँच जना घाइते भएका हुन् ।

मिनी ट्रकमा सवार विराटनगर १८ बस्ने वर्ष २३ का सोनु मण्डल, ५० वर्षीया प्रभानन्द यादव, विराटनगर १४ बस्ने वर्ष ४० विनोदप्रसाद यादव, धनपालथा गाउँपालिका ७ बस्ने वर्ष २० का अमन मण्डल, वर्ष १८ का लालु मण्डल र टिफर चालक सुन्दरहरैचार ४ बस्ने वर्ष ४० का श्रीराम चौधरी घाइते भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।

टिफर चालकसहित तीन जना सामान्य घाइते रहेका छन् भने दुई जना गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेकोछ ।

ना ३ ख ६६६४ नम्बर ट्रक चालक विराटनगर १८ बस्ने वर्ष ३० का सुरेश मण्डल फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर