AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिसान फुटबलको उपाधि कान्तिपुर कलेज र रेड स्टार कलेजलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०८१, बिहीबार १५:३२
720
Shares
पुष्पराज थपलिया
विराटनगर/ विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले हिसान फुटबलको उपाधि जितेको छ ।

उच्च माध्यमिक शिक्षालय संघ -हिसान_ मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत  बुधबार विराटनगरको शहिद मैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।

कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे । फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी घोषित भए । हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्य राना मगर, उत्कृष्ट मिफिल्डर रेड स्तारका सौगात राई भए भने उत्कृष्ड प्रशिक्षक कान्तिपुरका कोमल खवास भए ।

यस अघि भएको छात्रा फुटबलमा साविक विजेता विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै पथरीको रेड स्टारले पहिलो पटक छात्रा फुटबलको उपाधि जिेतेको छ ।

रेडस्टारले अर्किडलाई ३–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । रेड स्ठारको जितमा स्मृती राई, सलिजा राई र आशिका लिम्बुले १–१ गोर गरिन् । फाइनल खेलको प्लेयर अफ द सिरिज रेड स्टारकी स्मृती राई भइन भने हाइ स्कोरर अर्किडकी समिक्षा आचार्य, उत्कृष्ट मिडफिल्डर रेड स्टारकी सलिजा राई र उत्कृष्ट गोलकिपर रेड स्टारकी विद्या लिम्बु घोषित भइन् ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, सचिव दिेपेश बास्तोला र हिसान मोरङका अध्यष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर