खबर पूर्वाञ्चल
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)ले मुलुक बन्दाबन्दी भएपछि वैकल्पिक रुपमा थालिएको अनलाईन कक्षालाई प्रभावकारी बनाउन सफल भएको हो । नयाँ अभ्यासका रुपमा थालिएको अनलाईन कक्षामा विद्यालयको कक्षा ११ र १२ का ९० प्रतिशतभन्दा बढी र कक्षा नर्सरीदेखि १० सम्म ८५ प्रतिशत विद्यार्थीले हरेक दिन उत्साहजनक सहभागिता जनाउने गरेका छन् । उपस्थितिसँगै उनीहरुको सिकाई पनि समान रुपमा विकास भइरहेको शिक्षकहरुको भनाई छ ।
कक्षा १२ की छात्रा अबिशा निरौलाले भन्छिन्, कक्षा कोठामा बसेझै अन्तरक्रियासहित अध्ययापन हुन्छ । अहिले कोर्ष पूरा भएपनि कुनै जिज्ञासा हुँदा अनलाईनबाट समाधान खोज्ने वातावरण समेत छ ।
कोभिडका कारण कक्षा ११ र १२ को परिक्षासमेत हुननपाइरहेको सन्दर्भमा एभरेष्टले भने कक्षा ११ का विद्यार्थीहरुलाई परिक्षा अगावै १२ को समेत अध्यापन गराइरहेको छ । यस्तै एसईईको परिक्षाफल कुरेर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना ह्ुनु पूर्व निशुल्क ब्रिज कोर्षको अनलाईन कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयका सह–प्राचार्य नवराज कोइरालाका अनुशार कक्षा ११ को सम्पूर्ण पाठ सकेर उनीहरुलाई १२ कक्षाको अध्यापन शुरु गरिएको हो ।
एसईईको नतिजा प्रकाशनसँगै एभरेष्टले विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र कानून संकायमा कक्षा ११ को नयाँ कक्षा सञ्चालनको तयारी गरेको छ । सह–प्राचार्य कोइरालाले विद्यालय सञ्चालन हुने वातावरण तयार नहुँदा अनलाईन कक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने बताए । विद्यार्थी विद्यालय आउने वातावरण हुँदा पूर्ण रुपमा आवश्यक मापदण्ड पालना र सतर्कता अपनाउने विद्यालयले जनाएको छ । यसका लागि विद्यार्थीलाई क्रमांकको आधारमा जोर विजोर बनाई सोहि अनुसार कक्षा सञ्चालन गर्ने तयारी गर्दै गरेको एभरेष्टले विद्यार्थीलाई विद्यालय प्रवेशद्धारमा नै सेनिटाइज गर्ने, मास्कलाई अनिवार्य गर्दै सेनिटाइज गरिएको कक्षा कोठामा आवश्यक दुरी कायमगरि अध्ययापन गराउने छ । कोभिडका विषयमा विद्यार्थीलाई सचेत गराउँदै घरमा पनि आवश्यक सतर्कता अपनाउन समेत सिकाउने तयारी एभरेष्टको छ ।
अध्ययन अध्ययापनमा आफूलाई अब्बल दर्जामा राख्न सफल एभरेष्टले पटक पटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार र पदक जित्न सफल भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा ध्यान दिँदै आएको एभरेष्टले अतिरिक्त कृयाकलापमा समेत आफूलाई अब्बल दर्ज गरिसकेको छ ।
अत्याधुनि कल्याव, सुविधा सम्पन्न लाइब्रेरी रहेको यस एभरेष्टले नविनतम प्रविधिको प्रयोग गर्ने गरेको छ । ५ तारे होटलको जस्ता सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्दै अघि बढेको एभरेष्ट स्कूलले करौडोको लगानी गर्दै हरेक कक्षा कोठालाई वाताअनुकुलित बनाएको छ । फूटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टनलगायतका खेलकुदकालागि पर्याप्त खेल मैदान भएको यस विद्यालयले परिसरभित्रै स्विमींगपूलसम्मको संरचना तयार गरेको छ ।
८४ जना विद्यार्थीबाट २०५० सालमा शुरु भएको विद्यालय विद्यार्थी र अभिभावकको मन जित्दै अहिले २५ सय भन्दा बढी विद्यार्थीको पहिलो रोजाई बन्ने गरेको छ ।
हाम्रो मेहनत र दृढ ईच्छाशक्तिलाई अभिभावक र विद्यार्थीले बुझिदिनुभएको विद्यालयका प्राचार्य टीकाराम पुरीले भने । फल स्वरुप हामी हरेक दिन अब्बल बन्दै गएका छौं उनले भने । नर्सरीदेखि स्नातकोत्तरसम्म अध्ययापन गर्ने तयारी गर्दै गरेको एभरेष्टले यसै सत्रदेखि स्नातकतहको अध्ययापन गर्ने प्राचार्य पुरीले बताए ।
तपाईको प्रतिक्रिया