खबर पूर्वाञ्चल
आज अपरान्ह पार्टी कार्यालयमा भेला भएका कांग्रेस कार्यकर्ताले आफूहरुले गठबन्धन नचाहेको र ग्रामथान अरु कुनै पार्टीका उमेदवारलाई दिन तयार नहरेको जनाए ।
विरोध प्रदर्शनपछि ग्रामथान र बढीगंगा गाउँपालिकाका कांग्रेस नेता र कार्यकर्ताले पार्टी कार्यालयको परिसरमा विरोध सभा आयोजना गरे । सभामा बोल्दै नेपाली कांग्रेस ग्रामथान गाउँपालिकाका सभापति तुलसी विश्वासले ग्रामथानमा अहिले पनि कांग्रेसको पकड रहेकोले आफूहरु गठबन्धनको नाममा मूल नेतृत्व अन्य पार्टीलाई दिने अवस्थामा नरहेको बताए ।
“तलको परिस्थिति हेरेर मात्र कुन दलले कुन पालिका लिने भन्ने तय हुनुपर्छ । नत्र माथिबाट लादिएको निर्णय हामीलाई स्विकार्य छैन,” उनले भने । ग्रामथानमा अघिल्लो स्थानीय तहको निर्वाचनमा उपाध्यक्षसहित ६ वडामा वडाध्यक्ष र २२ जना सदस्य कांग्रेसका निर्वाचित भएको विश्वाले बताए ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले बुढींगंगामा अधिकतर कांग्रेस कार्यकर्ताले स्थानीय रुपमा कांग्रेसकै नेतृत्व हुनुपर्ने भन्ने चाहना राखेको बताए । उनले भने,“कार्यकर्ताको भावना बुझेरमात्र पार्टी नेतृत्वले निर्णय लिँदा उचित हुन्छ ।”
गठबन्धन गरी पालिकाहरुमा मेयर,उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षको टुंगो लागेको छैन । तर, कांग्रेस कार्यकर्ताले भने समय र परिस्थिति हेरेरमात्र निर्णय लिन जिल्ला नेतृत्वलाई सुझाव दिंदै आएका छन् ।