AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुर्दशन–कोपिला पुरस्कार लाछीलाई  

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ फाल्गुन २०८२, बुधबार १८:३५
9
Shares
विराटनगर / नेपाल भाषा,संस्कृति,कला साहित्यमा महत्वपूर्ण योगदान दिने भक्तपुर निवासी  थिमी निवासी गणेश राम लाछीलाई दुई लाख राशिको सुर्दशन–कपिला सिरपा पुरस्कारबाट सम्मान गरिने भएको छ ।
झी पुचः ( नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेक दुई वर्षमा प्रदान गर्दै आइरहेको उक्त पुरस्कार लाछीलाई यही फागुन २९ गते विराटनगरमा एक विशेष समारोहको आयोजना गरि प्रदान एवं सम्मान गरिने जानकारी दिइयो ।
सम्मानित हुने  लाछीले विगत पाँच दशक मुलुक तथा कुलुक वाहिर नेपाल भाषाको साहित्य ,नाटक  र नेवाः परिकारको पहिचान कायम गर्न निरन्तर क्रियाशिल रहेको  जानकारी गराए । यस अघि उक्त सम्मानबाट  शताव्दी पुरुष सत्यमोहन जोशी, भारतको सिक्कीमको नेवा गुुठी, पोखरा स्थित नेवा खल: कास्कीलाई प्रदान गरिएको थियो ।
उक्त पुरस्कार नेपाल भाषा, संस्कृति, साहित्य, परिकारमा योगदान पु¥याउने संस्था वा व्यक्तिलाई प्रदेक दुई /दुई बर्षमा प्रदान गर्ने गरि विराटनगर–१० निवासी शुर्दशन बहादुर श्रेष्ठले विस २०७६ मा २० लाखको अक्षय  कोषबाट स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर