RUMPUM
animated ellipse animated ellipse

जनताको हक अधिकारको रक्षाका लागि कमललाई तिखो बनाउनु पर्छ– सभामुख भण्डारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ बैशाख २०७८, बिहीबार १६:४६
234
Shares
विराटनगर / मुलुकमा सुशासन कायम राख्नका लागि पत्रकारहरुले कलम चलाउनु पर्ने प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् ।

आज विराटनगरमा प्रदेश एवं जिल्ला निर्वाचन समितिद्वारा आयोजित नेपाल पत्रकार महासङ्घ प्रदेश १ समिति एवं जिल्ला समितिका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण गर्दै उनले राज्यसत्तालाई जिम्मेवार रुपमा सञ्चालन गरी पारदर्शीता कायम गर्न सञ्चारकर्मीहरुको ठूलो भूमिका खेल्ने पर्नेमा जोड दिए ।

सभामुख भण्डारीले मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्न यसको सञ्चार जगतको ठूलो जिम्मेवारी रहने चर्चा गर्दै जनताको हक अधिकारको रक्षाका लागि कमललाई तिखो बनाउनु पर्ने बताए ।

जनताका चाहना र आकाँक्षालाई सरकार समक्ष र सरकारले जनहितमा गरेका कार्य जनतामा सुसूचित गराउने माध्यमकको रुपमा कार्य गर्नु पर्ने आवश्यक्त्ता सभामुख भण्डारीले बताए ।

नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता राजीव कोइरालाले अविश्वासको प्रस्ताव प्रदेशमा आवश्यक रहेकोमा जोड दिदै सरकारले ठूलो विकास निर्माणका योजनाको बजेट कटौती गरेको आरोप लगाए । नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले कलमको माध्यमबाट समाजमा रहेका कुरिति हटाई जनतामा चेतना गराउनका साथै राष्ट्र निर्माण कार्यमा सहयोग पु¥याउनु पर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकार भएर बाँच्न कति समस्या हुन्छ भन्ने अनुभव गरेको छु भन्दै पत्रकार उपचारका लागि स्थापना गरिने अक्षय कोषमा महानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।

प्रदेश सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले निर्वाचनको माध्यमवाट मुलुकमा सङ्घीयता कार्यान्वयनमा सहयोग पुगेको धारणा राखे ।

प्रदेश महासङ्घका निवर्तमान अध्यक्ष विक्रम लुईटेल,प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, महासचिव विवेक गौतम,जिल्लाका निवर्तमान अध्यक्ष वन्धु पोखरेल, जिल्ला अध्यक्ष सन्जिव खनाल, पत्रकारहरु शङ्कर खरेल, मोहनकाजी न्यौपाने र उद्योगी नविन रिजालले आवाज विहिनको आवाज र समाज रुपान्तरण कार्यमा सञ्चारकर्मीहरु लाग्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर