AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दाहालको कवितासङ्ग्रह मनका स्वरुहरूमाथि विमर्श

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७८, मंगलवार १९:३६
153
Shares
विराटनगर / कवि रामबाबु दाहालद्वारा लिखित ‘मनका स्वरहरू’ नामक कवितासङ्ग्रहमाथि विमर्श गरिएको छ ।

विराटनगरस्थित एलिट क्लबमा आयोजित कार्यक्रममा मनका स्वरहरू सङ्ग्रहभित्रका कविताहरूका विषयमा विमर्श गरिएको हो । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै कवि सीमा आभासले दाहालका कविताले काव्यिक चेत मुखरित गरेको समसामयिकता बोलेको र लुकेको कवित्व प्रकट भएको बताइन् । समीक्षक हरि कट्टेलले रचना शिल्पको सुन्दरता सटिकपनमा आएको बताउँदै उत्कृष्ट रचनाले पाठकको मन छुने बताए । कट्टेलले कृतिको प्राय सबै कविता मन छुने भएका विषयवस्तुमा विविधता रहेको बताए । कवितासङ्ग्रहबाट कवि मन्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, रोमा निरौला र शिवनारायण पंण्डितले कविता वाचन गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै धरानका कवि बम देवान, प्राज्ञ विवश पोखरेल, समालोचक दघिराज सुवेदीले कवि, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, महासचिव यज्ञ शर्मालगायतले ढिलै गरी भए पनि आफ्नो चार दशकदेखिको लेखनयात्रालाई प्रमाणित गरेर नेपाली साहित्य भण्डार र साहित्यप्रेमीलाई न्याय गरेको बताए । कार्यक्रमका विशेष वक्ता प्रा. डा. टंकप्रसाद न्यौपानेले कविताका प्रकार साँच्चै उत्कृष्ट प्रकारको रहेको, बिम्व प्रतीकको उचित प्रयोग भएका भनि प्रशंसा गरे । कार्यक्रमकी प्रमुख अतिथि कवि एवं पूर्व सांसद कुन्ता शर्माले कविको कृतिमा लैङ्गिक सम्मान रहेको नारी अस्मिताको सम्मानजनक अभिव्यक्ति आफूले पाएकोमा सन्तोष व्यक्त गरिन् ।

प्रेम आशक्तिमा प्रायः नारी अस्मितालाई भोग्या पात्र बनाई साहित्यमा दुरुपयोग हुने गरेकोमा दाहालको कवितामा स्वभाविक र सन्तुलित तवरले उठान भएको उनको विचार थियो । कार्यक्रममा कवि रामबाबु दाहाललाई दाहाल प्रतिष्ठानका तर्फबाट सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर