खबर पूर्वाञ्चल
पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीले सम्वोधन गर्ने भेलामा सहभागी हुन १९ वटै वडाका नेता कार्यकर्ता र उमेदवारहरूलाई आह्वान गरिएको निर्वाचन परिचालन कमिटी विराटनगरका संयोजक विनोद ढकालले जानकारी दिए ।
स्थानीय जैन तेरापन्थ भवनमा अपरान्ह २ बजे आयोजना हुने चुनावी भेलामा पाँचहजार बढीको सहभागिता हुने अपेक्षाका साथ प्रचारप्रसार सहित आवश्यक व्यवस्थापन गरिएको उनको भनाई छ ।
शुक्रवार विहान वडा नं. ६ को अन्तिम घरदैलो कार्यक्रममा मेयर र उपमेयरका उमेदवाहरू क्रमशः सागर थापा र शिल्पा कार्कीसहित पार्टीका नेता कार्यकर्ताको वृहत सहभागिता रहेको सहभागी पत्रकार इन्दिरा भट्टराईले जानकारी दिए ।
यस अघि पार्टीका केन्द्रीयस्तरका नेताहरू लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, रामलाल साहलगायत प्रदेश तथा जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोखरे, उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडा लगायत अन्य सदस्यहरूको पनि घरदैलोमा सक्रिय सहभागिता रहेको थियो ।
विराटनगरमा मात्र होइन, मोरङ जिल्लाका १७ वटै पालिका र १५९ वटै वडामा घरदैलो कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको एमालेले जनाएको छ । अन्य पालिकाहरूमा पनि जनताको व्यापक समर्थन रहेको दावी गरिएको छ ।
घरदैलो कार्यक्रमको बिट मार्दै एमालेले शुरु गरेको मतदाता शिक्षा कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन भएको जनाइएको छ । पार्टी महानगर कमिटीका सचिव रोहित कोइरालाका अनुसार निर्वाचन परिचालन कमिटीका सदस्यहरू, स्थानीय नेता कार्यकर्ता र उमेदवार स्वयं मतदाता शिक्षा कार्यक्रममा सहभागी भई नमूना मतपत्रमार्फत मतदान गर्ने विषयमा मतदातालाई जानकारी गाराउने काम भइरहेको छ ।