AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

समाज र मिडटाउनको राहत वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ असार २०७८, शुक्रबार १७:०१
990
Shares
विराटनगर / विराटनगर–३ मा रहेको सामुदायिक विकास समाजले ग्राथान गाउँपालिका–१ लखन्तरीमा आज राहत वितरण एवं वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

समाजले स्थापनाको २४ औं वर्ष पुरा भएको अवसरमा सो कार्यक्रमको आयोजना गरेको थियो । राहत वितरण एवं वृक्षारोपण कार्यक्रमका लागि रोटरी क्लब अफ विराटनगर मिड टाउनले सहयोग गरेको थियो । कोरोना महामारीले पीडित बनेका लखन्तरीका ३५ सुकुम्बासी विपन्न परिवारलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरूप वितरण गरिएको थियो । विभिन्न संघ संस्थाहरूले सडक छेउका गाउँमा राहत वितरण गरेपनि गाउँको भित्री भागमा रहेका ती सुकुम्बासी परिवारलाई हालसम्म कुनै राहत नपुगेको यकिन गरी समाजले विशेष भुमिका खेल्दै राहत वितरण गरेको थियो ।

यस्तै समाजले लखन्तरीमा रहेको आफ्नै १ विगाहा जग्गामा वृक्षारोपण गरेको छ । विभिन्न प्रजातीका ५ सय भन्दा बढी बोट विरूवा वृक्षारोपण गरिएको छ । जिलेबी, बडहर, सिमल, आँप लगायतका विरूवाहरू वृक्षारोपण गरिएका थिए । कार्यक्रममा बोल्दै समाजका सचिव विपुलेन्द्र झाले सहयोगको आवश्यकता जहाँ हुन्छ त्यहाँ हात अगाडि बढाएको बताए । समाजका अध्यक्ष गंगाप्रसाद यादवले समाजले कृषि, सामाजिक क्षेत्र, विपद व्यवस्थापन, जनजाती एवं पीडित परिवारको उत्थानका कार्य गर्दै आएको बताए ।

यादवले समाज विउ विजन, पशु पालन सम्बन्धि तालिम गरी आर्थिक विकास र गरिबी उन्मुलन अभियानमा लागेको बताए । समाज नाफा रहित संस्था भएपनि समाजमा गर्नु पर्ने ठाउँमा सवल खम्बा भएर उभिएको यादवले बताए । मिडटाउनका २०२०÷०२१ का अध्यक्ष पुण्यप्रसाद भट्टराईले रोटरीले सामाजिक तथा रचनात्मक कार्यलाई कुनै भेदभाव नराखी निरन्तर संचालन गर्दै आएको बताए ।

कार्यक्रममा समाजका सदस्यहरू गुणराज खनाल, पुजन दाहाल, सरस्वती कार्की, लक्ष्मी निरौला, पुजन दाहाल, नवदुर्गा खड्का, सरस्वती कार्की, गीता गुरागाईँ, सरू कार्की, रेडक्रम मोरङ उपाध्यक्ष मन्दिरा गुरागाईं, झोराहाट प्रहरी चौकी इन्चार्ज सहायक प्रहरी चौकी इन्चार्ज डम्बरप्रसाद अधिकारी, मिडटाउनका पूर्व अध्यक्ष घनश्याम राठी, मुकेश उपाध्याय, भैरव रिजाल, रोटेरियन राम अवतार अग्रवाल, केशरीचन्द बोथरा, जयकमल अग्रवाल, रामकुमार श्रेष्ठ, डा. अनुपकुमार यादव लगायतका सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर