AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रतिनिधिसभामा नवनिर्वाचित २७४ सांसदले लिए पद तथा गोपनीयताको शपथ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ चैत्र २०८२, बिहीबार १६:३०
54
Shares
काठमाण्डौ / प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २ सय ७४ सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सबै सांसदहरूलाई स्वागत गर्दै चैत ५ गते परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको बताएका थिए । बानेश्वरमा रहेको भवन जेनजी आन्दोलनका क्रममा क्षति भएको र नवनिर्मित भवन तयार नभएको हुँदा संसद् सचिवालय बिलखबन्दमा परेको बताए ।

उनले बहुउद्देश्यीय हललाई नै तयार पार्ने निर्णयअनुसार हतारहतारमा हल निर्माण गरिएको बताए ।

संसद्मा निर्वाचित सदस्यले पहिलो बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार आज प्रतिनिधिसभाका सदस्यहरूलाई शपथग्रहण गराइएको हो ।

ज्येष्ठ सदस्य केसीले भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा आयोजित कार्यक्रममा शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर