पूर्वाञ्चल खबर
बिहीबार भएको निर्वाचनको मत परिणाममा संस्थापनइतर समूहको १७ वटा कार्य समिति पदाधिकारीमा १५ जनामा जितभएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा संस्थापन पक्षबाट योगेन्द्रकुमार कुवँरले संस्थापनइतरका महेन्द्रप्रसाद यादवलाई ६५ मतान्तरले पराजित गरेका छन् । कुवँरले ४४१ मत हासिल गर्दा यादव ३७६ मतमा सीमित भए ।
त्यसैगरि, संस्थापनइतरबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ४६९ मत सहित विजयी भए । उनले अयोध्याप्रसाद यादवलाई ३३६ मत पराजित गरे । दुई खुल्ला उपाध्यक्षतर्फ संस्थापनइतरबाट दांगका गणेशबहादुर केसी र सुनसरीका ज्योति कोइराला विजयी भए । केसीले ४३८ मत पाएसंगै कोइरालाले ४१८ मत हासिल गरेका थिए। खुल्लाउपाध्यक्षमादुवैले संस्थापनपक्षका ध्रुवचन्द्र गौतम, शंकर लामिछानेलाई पराजित गरेका थिए ।
एक महिला उपाध्यक्षमा राधिका कुइकेल खनालले ३९२ मत ल्याएर जित हासिल गर्दा संस्थापनबाट भगवती खड्काले ३४३ मत पाएकी थिइन् । उपाध्यक्ष सेवा तर्फ संस्थापनइतरबाट नेत्रविक्रमथापा, ललितबहादुर श्रेष्ठ विजयीभए।उपाध्यक्षको अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट संस्थापनइतरका राजेश पालिखे विजयी भए ।
महासचिवतर्फ विराटनगरका अजयकुमार राई विजयी भए । संस्थापनइतरबाट निर्वाचित भएका राईले ४६४ मत हासिल गर्दा प्रतिद्धन्दी डीपी अर्याल ३३७ मतमा सीमित भए ।
उपमहासचिवतर्फ संस्थापनइतरका जनार्दन भट्टराई, र बलदेव तामाङ विजयी हुदाँ संस्थापनतर्फका रञ्जन थापा र राममंगलप्रसाद यादव पराजित भए । महिला उपमहासचिवमा सुशीला घिमिरे, उपमहासचिव सेवा क्षेत्रतर्फ देवदत्त बडु, उपमहासचिव उत्पादन क्षेत्रमा संस्थापनतर्फका कुलबहादुर खड्का, उपमहासचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रुकमणि थापा विजयी भएका छन् ।
कोषाध्यक्षतर्फ संस्थापनइतरका सञ्जय दाहाल विजयी भए । सहकोषाध्यक्षमा संस्थापनकी गीताकुमारी लामिछाने विजयी भइन् । निर्वाचनमा यूनियनको १७ सदस्यीय कार्यसमितिमा संस्थापनइतरबाट १५ र संस्थापन पक्षबाट २ जना विजयी भएका हुन् ।
८ सय ८७ मतदातामा निर्वाचनमा ८ सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।