खबर पूर्वाञ्चल
आज भएको उद्घाटन खेलमा डन बक्सको र सगरमाथा स्कुल विजय भई दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्याब्सन विराटनगरको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा डन बक्सको स्कुलले सनसाइन स्कुललाई २–० गोलले पराजित गर्दै डन बक्सको स्कुल दोस्रो चरणमा प्रवेश गरेको हो ।
जितको लागि डन बक्सको निकुस खतिवडाले १४ औं मिनेटमा र ४४ मिनटेमा सनुजो राजवंशीले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । खेलको म्यान अफ द म्याच पनि राजवंशी घोषित भए ।
सोही दिन भएको दोस्रो खेल सगरमाथा स्कुलले बालमिकी स्कुललाई टाइब्रेकरमा ४–३ ले हराउँदै सगरमाथा स्कुल दोस्रो चरणमा प्रवेश गरेका छ । निर्धातिर समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलको छिनोफानो ट्राइब्रेकरबाट भएको हो ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरेका थिए ।
पुस ८ गतेसम्म संचालन हुने प्रतियोगितामा २८ वटा विद्यालयले भाग लिएको कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।