animated ellipse animated ellipse

डिसिए विराटनगर क्रिकेटको अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० चैत्र २०७७, शुक्रबार १५:३३
1.42k
Shares
पुष्पराज थपलिया
विराटनगर /  विराटनगरमा सञ्चालन भइरहेको विराटनगर २०–२० क्रिकेट प्रतियोगितामा डिसिए विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको छ ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा भएको आजको खेलमा डिसिएले  विराटनगर सिटी क्रिकेट एकाडेमीलाई १ विकेटको रोमाञ्चक जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जवाफमा ७३ रनको झिनो लक्ष्य पछ्याएको डिसिएले १५ दशमल १ बलमा ९ वकेट गुमाई कठिन जित हात पारेको छ । डिसिएका हिमाञ्सु साहले सर्वाधिक २१ रनको योगदान दिए । विराटनगरका प्रसान्त साहले ५ विकेट तथा आषिश श्रेष्ठले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १४ दशमल ४ बलमा सवै विकेट गुमाई ७२ रनको झिनो योगफल खडा गरेको थियो । विराटनगरका श्याम मण्डलले १८ रन र आषिश श्रेष्ठले १५ रनकोे योगदान दिए । डिसिएका म्यान अफ द म्याच ईश्वरदेव यादवले ४ विकेट तथा आषिश चौधरी र आषिश राजवंशीले समान २–२ विकेट लिए ।

शनिबारको द टच स्टोन क्लव र युसिसिए विराटनगर विच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर