AArya
RUMPUM
animated ellipse animated ellipse

विराट मोडेल कलेजले गर्यो एकैसाथ नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अध्ययन पुरा गरेका विद्यार्थी बिदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०८३, शनिबार २०:०७
3
Shares
विराटनगर / विराटनगर–९ स्थित विराट मोडेल कलेजले नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण र अध्ययन पुरा गरेका विद्यार्थी बिदाई गरेको छ ।

विराटनगरमा एक विशेष समारोहको आयोजना गरी स्वागत तथा बिदाई कार्यक्रम गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी हाल बिएड र बिबिएस कार्यक्रमहरू अध्यापन गराउँदै आएको यस कलेजमा २०८२ सालमा भर्ना भएर्का ३ सय ६५ जना नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको छ भने अध्ययन पुरा गरेका २०७८ सालका ९८ जना विद्यार्थीहरूलाई विदाई गरिएको छ ।

कार्यक्रममा लोकसेवा आयोग, शिक्षा सेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गरेका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख सह–परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईले शैक्षिक उत्कृष्टता, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले अध्ययनप्रति गम्भीर हुन आग्रह गरे ।
कलेजका निर्देशक देवीलाल महतोका अनुसार हाल कलेजमा बीएड र बीबीएस संकायअन्तर्गत १ हजार ११५ जना विद्यार्थी अध्ययनरत छन् । उनले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै अनुसन्धान, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा रोजगारमुखी शिक्षामा कलेजले विशेष जोड दिइरहेको बताए ।

कार्यक्रममा बाल्दै कलेजका अध्यक्ष डा. जनक अधिकारीले कलेज वि.स.। २०७५ देखि नयाँ व्यवस्थापनका साथ सञ्चालन भइरहेको जानकारी दिए । उनले कलेजले समयको मागअनुसार बजारमा प्रतिस्पर्धी र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । सोही अवसरमा कलेजका विद्यार्थीहरूले विभिन्न आकर्षक सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

कलेजको शैक्षिक वातावरणबारे अनुभव साट्दै बिएड दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी राधा रौनियारले अनुभवी शिक्षक शिक्षिकाहरू र कुशल व्यवस्थापनकै कारण आफूहरू उज्ज्वल करियर निर्माणको सही दिशामा अघि बढिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर