RUMPUM
animated ellipse animated ellipse

संक्रमणबाट बच्न मोरङका पत्रकारलाई स्वास्थ्य सामाग्री

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०७८, सोमबार १८:२८
261
Shares
विराटनगर/ नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारकर्मी र मिडिया हाउसहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

महासंघले मोरङभरीका संचारकर्मी र मिडिया हाउसहरूमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

दोस्रो लहरको कोरोना भाइरस तिव्र रूपमा फैलिएकोले यसबाट जोगिन जिल्लाभारीका संचारकर्मी र मिडिया हाउसहरूमा पुगेर प्रेस स्तन्त्रता दिवसको अवसरमा स्वास्थ्य सामाग्री वितरण गरिएको नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजिव खनालले जानकारी दिए । महासंघले मिडिया हाउस र पत्रकारहरूलाई सेनिटाइजर, माक्स वितरण गरेको छ ।

पत्रकार महासंघ मोरङका पदाधिकारी र कार्यसमिति सदस्यहरू विराटनगर महानगरपालिका भित्र रहेका १८ वटा मिडिया हाउसमा पुगेर माक्स र सेनिटाइजर वितरण गरेको हो । संक्रमणको विस्तार तीब्र रहेकोले आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कता र सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय तथा मापदण्डहरु अवलम्बन गरि संचारकर्मीहरुको लागि सुरक्षित भएर काम गर्ने वातावरण निर्माण गर्न पनि सबै सञ्चारगृहहरुलाई पत्रकार महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर