खबर पूर्वाञ्चल
त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम एकदिवसीय खेल नेपालले क्यानडामाथि ९ विकेटले जित हात पार्दै नेपालले क्लिनस्वीप गरेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो । नेपालले क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४ दशमलव ३ बलमापूरा र्गयो।
नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे । अनिलले नटआउट १ सय १२ रन र भीमले नटआउट १ सय १ रन जोडे । अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का तथा भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का प्रहार गरे ।
भीम र अनिल दुवैले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन् । नेपालका लागि एकै इनिङ्ग्समा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो पटक हो ।
साथै दुईबीच नेपालका अहिलेसम्मकै उच्च साझेदारी समेत हुन सफल भयो । उनीहरुले अविजित रहँदै १ सय ८९ रनको साझेदारी गरे । यसअघि नेपालका लागि एकदिवसीय खेलमा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध उच्च साझेदारी १ सय ७१ रनको थियो ।
ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भए । हेलिङगरको बलमा बोल्ड हुनअघि कुशलले १४ बलमा ३ चौका प्रहार गरे ।
यस अघि टस हारेर ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको गुमाई २ सय ३२ रन बनायो ।
क्यानडाका लागि नवनीत धिवालले ५० रन, निदिल दत्तले ४५, कप्तान साद विन जापरले अविजित ३१ रन जोडे । नेपालका लागि पहिलो खेल खेलेका हेमन्त धामीले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट तथा ललित राजवंशी र आबास चन्दले १–१ विकेट लिए ।
नेपाललाई पेनाल्टीबाट पाँच रन
खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ । क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टी दिइएको हो ।
क्रिकेटको नियमअनुसार ब्याटरले पीचमा टेकेपछि सुरुमा अम्पायरले चेतावनी दिन्छन् । त्यसपछि पनि पीचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ ।
यहिँ निमयअनुसार जाफरले अन्तिम बलमा रन लिने क्रममा पिचमा कुदेका कारण नेपालले पेनाल्टी रन पाएको थियो । अम्पायरले उनलाई पिचमा कुदेर त्यसअघि पनि चेतावनी दिएका थिए ।
जाफरका कारण नेपालले आफ्नो ब्याटिङ सुरु हुनुअघि नै पाँच रन पाएको थियो ।
विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।
४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो। रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे।
कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १(१ विकेट लिए।
फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग(२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग(२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
तपाईको प्रतिक्रिया