AArya
RUMPUM
animated ellipse animated ellipse

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बनाए छोरी–ज्वाईँलाई केन्द्रीय सदस्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७८, सोमबार १७:१५
324
Shares
काठमाण्डौ /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका छन् ।

आज बसेको केन्द्रीय कमिटी बैठकमार्फत अध्यक्ष प्रचण्डले छोरी गंगा र ज्वाईँ जीवनलाई केन्द्रीय सदस्य घोषणा गरेको हो ।

आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् । पछिल्लो समय गंगा प्रचण्डको सचिवालयमा रहेर काम गरिरहेकी छिन् ।

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले ९७ केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो ।

यसअघि पार्टीको पुस ११ गतेदेखि १३ गतेसम्म भएको आठौं महाधिवेशनले २४७ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठकमा प्रचण्डले नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले राखेको एमसीसीको सम्बन्धमा नोट अफ डिसेन्ट प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर