RUMPUM
animated ellipse animated ellipse

एनसीडिए मोरङको अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०८०, बुधबार १५:४१
531
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी पुस २८ गते हुने संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

२०५३ सालदेखि औषधी व्यवसायी क्षेत्रमा आबद्ध भएका ढकाल प्रथम अधिवेशनमा उपाध्यक्षमा सर्वाधिक मत २९९ ल्याएर निर्वाचित भएका थिए । व्यवसायीको हकहितमा लागि पर्ने, स्वच्छ र मर्यादित व्यवसाय सञ्चालन गरी औषधी व्यवसायीहरूलाई समाजमा हेर्ने दृष्टिकोण राम्रो बनाउन सधैँ लागि परेको कारण ढकाल औषधी व्यवसायीहरु माझ लोकप्रिय छन् । पेशागत इमान्दारीता, व्यवसायीक एकता आजको आवश्यकता हो ,’अध्यक्षको उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘मर्यादित, पारदर्शि र पेशागत हित सुनिश्चतताको लागि मैले अध्यक्षमा उम्मेदवारी दिएको छु ।’

मंगलबार औषधी व्यवसायी सुदिन ध्वज श्रेष्ठले पनि एनसीडिए मोरङको अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि सर्वसम्मत नेतृत्व चयनको सम्भावना कम देखिएको छ । नेतृत्व चयन सर्वसम्मत हुने सम्भवना कम हुँदै गएपछि ढकाल र श्रेष्ठ नेतृत्वको प्यानल बनाएर चुनावी अभियानमा जाने भएका छन् । उनीहरु दुवै जना प्यानल बनाएर चुनावी अभियानमा जाने तयारीको लागि पदाधिकारी र सदस्यहरुको नाम तय गरि निर्वाचनमा जान जुटेका छन् ।

प्रथम अधिवेशनमा ढकालले श्रेष्ठलाई उपाध्यक्षमा पराजित गरेका थिए । त्यसबेलाको निर्वाचनमा ढकालले २९९ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले १३५ मत पाएका थिए ।

एनसीडिए मोरङमा ४१५ जना सदस्यीय रहेका छन् । १३ सदस्यीयको लागि उनीहरूले निर्वाचनमा मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर