पूर्वाञ्चल खबर
रंगेली नगरपालिका २ चेका खोला स्थित गहुँबारीमा पैदल यात्री भारत, अररियाको ठिङ्गापुर पञ्चायत ६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र सोही ठाउँका ३० वर्षीया सिन्टुककुमार सिँहले ल्याउदै गरेको गाँजा ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काको नेतृत्वको टोलीले बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि थप तीनलाई पनि पक्राउ गरेकोे छ । प्रारम्भिक अनुसन्धानको क्रममा रंगेली नगरपालिका –३ रन्जनी बस्ने बिरबहादुर कार्कीको घरमा गाँजा लुकाई छिपाई राखेको खुल्न आएपछि निजको घर खानतलासी गर्ने क्रममा थप ८४ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजा ओसरपसारमा संलग्न अन्दाजी बर्ष ४६ वर्षीया बिरबहादुर कार्की, भारत कुटहरा बस्ने २४ वर्षीया प्रविण पासवान र सोही ठाउँका २४ वर्षीया बिष्णु कान्त मिश्रलाई समेत पक्राउ गरेको डिएसपी दाहालले बताए ।
पक्राउ परेका पाँचै जनालाई मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।