AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ द्वारा ‘सर्भिस विक’मा ९ कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७८, बुधबार २०:०५
333
Shares
विराटनगर / लायन्स क्लव डिष्ट्रिक ३२५ ए वान जोन ३६ ले एक हप्तामा विभिन्न ९ वटा सेवामूलक काम गरेको छ ।

डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले जुलाई १ तारिक देखि ७ तारिकलाई सर्भिस विक घोषणा गरेका थिए । सोही घोषणा अनुसार लायन्स क्लव डिष्ट्रिक ३२५ ए वान जोन ३६ ले ७ वटा कार्यक्रम गर्नुपर्ने थियो । तर, सो अवधिमा आफूहरुले ९ वटा कार्यक्रम गरेको जोन चियरपर्सन घनश्याम पोखरेलले जानकारी दिए ।

लायन्स क्लवले विराटनगरस्थित मानवसेवा आश्रमका ७७ जना वृद्धवृद्धालाई निःशुल्क सुगर फ्रि जाँच, बालिका स्कुलमा २ सय वटा वृक्षारोपण, मानवसेवा आश्रममै २० हजार बराबरको माक्स र सेनिटाइजर वितरण तथा ४ लाख मूल्य बराबरको चामल प्रदान गरेको थियो ।

यस्तै क्लवले रक्तदान कार्यक्रम, वेट चेकअप क्याम्प तथा ब्लड प्रेसर जाँच जस्ता कार्यक्रम गरेको लायन्स क्लव डिष्ट्रिक ३२५ ए वान जोन ३६ का जोन चियरपर्सन घनश्याम पोखरेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर