AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको अरनिको कलेज काठमाडौंमा उत्कृष्ट शैक्षिक संस्थाबाट सम्मानीत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ श्रावण २०८१, मंगलवार १८:०२
99
Shares
विराटनगर /विराटनगरको अरनिको आवाशिय माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरिएको छ ।

चन्द्रलोक प्रतिष्ठान काठमाडौंले आज काठमाडौंमा एक कायंक्रमको आयोजना गरेरअरनिको आवाशिय माध्यमिक विद्यालय विराटनगरलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सांसद अर्जुन नर्सिङ केसी र प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले अरनिकोका प्रिन्सिपल राजेश कार्कीलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरेका हुन्।

चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले २०३३ सालमा स्थापना भएको अरनिको आवाशिय माध्यमिक विद्यालय कोशी प्रदेशको पहिलो र नेपालको ८औं उत्कृष्ट शैक्षिक संस्था बन्न सफलता प्राप्त गरेको र आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका लागि देश भक्त, आदर्शवान र नैतिकवान् शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहेस् भन्ने उद्देश्यका साथ प्रिन्सिपल राजेश कार्कीलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर