खबर पूर्वाञ्चल
विराटनगर महानगर पालीका ५ नम्बर वडा स्थित कोचाखालका एउटै परिवारका तीन जना दाजुभाई मिलेर छिमेकी ३३ वर्षीय सन्तोश कामतमाथि छुरा प्रहार गरेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताएका छन् ।
घर अगाडीको नालाको पानी निकास नहुने भएका कारण महानगरपालीकाले डोजर लगाएर पानीको निकासा काट्ने हुँदा स्थानिय छिमेकी विच विवाद सुरु भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका कामतको पेट र देव्रे हातमा गहिरो चोट लागेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी गौतमले बताए । छुरा प्रहार गर्ने छिमेकीहरु १९ वर्षीय सुरज, २८ वर्षीय गोविन र ३८ वर्षीय लालबाबु रायलाई नियन्त्रणमा लिएको डीएसपी गौतमले बताए ।