भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पुरा

खबर पूर्वाञ्चल, २१ आश्विन २०७८, बिहीबार १९:१०

इलाम / इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ ।

इन्डो–नेपाल फुटसल अन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी दोश्रो सेमीफाइनलमा आहाले भेट्रान्स र पाहुना टोली दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको आजको पहिलो खेलमा इलाम भेट्रान्सले पाहुना टोली सुकिया भेट्रान्सलाई टाइव्रेकरमा ३–२ ले हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको निर्धारित समयमा दुवै टोलीबाट ९–९ गोल भएपछि निर्णयको लागि टाइव्रेकर रोजिएको थियो । इलामका लागि दर्शन भक्तराजले ४ गोल गरे । सुरेन राईले २ गोल, राजु थापा, प्रकाश थाम्सुहाङ र दिपक राईले १/१ गोल गरे । सुकियाको लागि डेचेन शेपाले ५ गोल गरे । नयन लेप्चाले २ गोल तथा सन्जय भुटिया र तेन्जिङ भुटियाले १/१ गोल गरे ।

त्यसैगरी दोश्रो खेलमा आहाले भेट्रान्सले पेम्वा सेभेनलाई ३–२ गोल अन्तरले हरायो । आहालेको जीतमा खड्ग घलेले २ गोल र दिलकुमार कुलुङले १÷१ गोल गरे । पेम्वा सेभेनको लागि पुष्प याङ्मालीले २ गोल फर्काए । तेश्रो खेलमा सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ इलाभेनलाई १४–४ गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गर्न सफल रहयो ।

सूर्योदयको जीतमा नगर प्रमुख रणबहादुर राईले ६ गोल गरे । सम्राट राईले ४ गोल, शरण राई २ गोल तथा किशोर राई र सन्जय गोलेले समान १/१ गोल गरे । रोङका लागि योगराज राईले ३ र दौलत राईले १ गोल फर्काए । अन्तिम खेलमा दार्जिलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सलाई ३–२ गोल अन्तरले पराजित ग¥यो । दार्जिलिङको जीतमा सुवास सुब्बा, राजु तामाङ र दावा तामाङले समान १÷१ गोल गरे । युनाइटेडका लागि विके याङ्मालीले २ गोल फर्काए ।

कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको थियो । कान्दुक रिक्रिएन सेन्टरको फूटसल मैदानमा हुने प्रतियोगिताको बिजेताले ३५ हजार ५ र उपबिजेताले १६ हजार ५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाइनलका दुवै खेल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५