animated ellipse animated ellipse

सुनसरीका युवा र जनप्रतिनिध पार्टी एकताको पक्षमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७७, शुक्रबार १८:४८
468
Shares
विराटनगर/ सुनसरीको युवा र केही जनप्रतिनिधीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता हुनुपर्ने भन्दै गाउँमा अभियान सुरु गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेपछि प्रचण्ड–माधव समूह र ओलीको छुट्टा छुट्टै नेकपामा समूह छ । पार्टी एकता हुनपर्ने पक्षमा रहेका नेकपाका उपाध्यक्ष बामदेव गौतमको भनाईलाई समर्थन गर्दै सुनसरीका केही युवा र जनप्रतिनिधीहरु पार्टी एकताको पक्षमा अभियान सुरु गरेका हुन् ।

अहिले नेकपा पार्टी एकता हुनुपर्ने भन्दै धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेयाङ्वो, इनरुवा नगरपालिका–३ का वडाध्यक्ष कालुराम गुरुङ, धरान उपमहानगरपालिकाका ७ का वडाध्यक्ष जीवन सुवेदी, इनरुवाका जिल्ला नेता इन्द्र पोखरेल, धरानका अगुवा कार्यकर्ता डम्बर गुरुङ, गणेश गुरागाई, हिमाल सुवेदी लागि परेका छन् ।

पार्टी एकताको पक्षमा अभियानमा थपिने क्रम जारी रहेको इनरुवा नगरिवालिका ३ का वडाअध्यक्ष कालुराम गुरुङरले जानकारी दिए । ‘‘पार्टी फुट्नु हुदैंन जुट्नु पर्छ भन्ने हाम्रो सन्देश हो , उनले भने, ‘पार्टी एकताको पक्षमा हामी अभियान चलाउँछौं ।’

पार्टी एकताको अभियानले गठन गरेको ६ सय ५१ सदस्यीय केन्द्रीय अभियान समूहमा सुनसरीबाट गुरुङ र पोखरेलसहित सात जना केन्द्रीय अभियन्तामा चयन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर