animated ellipse animated ellipse

प्रदेश स्तरीय सुरक्षा गोष्ठीको गृहमन्त्री लामिछानेले गरे उद्घाटन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ जेष्ठ २०८१, आईतवार १९:४६
99
Shares
विराटनगर / गृहमन्त्री रबि लामिछानेले कोशी प्रदेश सुरक्षा गोष्ठीको आज एक समारोहको बीच विराटनगरमा उद्घाटन गरे ।

गृहमन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा संयुक्त रुपमा विराटनगरमो गोष्ठी शुरु भएको हो ।

भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारी, गृहमन्त्रालयका सचिव , नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय,नेपाली सेनाका उच्च अधिकारी, प्रदेश स्तरीय प्रहरी प्रमुख, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका अधिकृत , सशस्त्र प्रहरीका प्रमुख लगायतको सहभागिता रहेको छ ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्ने, विभित्र अपराधका घटना नियन्त्रण गर्ने ,प्रदेशको सुरक्षा चुनौती, अपनाउनु पर्ने रणनीतिका बारेमा प्रकाश पार्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर