खबर पूर्वाञ्चल
मन्त्री कुसियैतले विराटनगर विमानस्थललाई अन्तराष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन तहका सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको भोलिपल्ट यस्तो बताएका हुन् । मन्त्री कुसैयतले विमान स्थलको विकाससंगै पर्यटकिय तथा सवै क्षेत्रको विकासमा थप टेवा पुग्ने समेत वताए ।
विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने कार्य प्रारम्भ भएसँगै सबै क्षेत्र उत्साही भएको भन्दै मन्त्री कुसियैतले मन्त्रीको सपथ ग्रहणलगत्तै आफूले गरेको प्रतिवद्धता कार्यान्वयनको चरणमा प्रवेश गर्दा सन्तोष भएको बताए । क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने कुरा उठिरहँदा आफ्नो जोड अन्तराष्ट्रियस्तरकै निर्माण हुनुपर्नेमा रहेको स्मरण गर्दै उनले आफ्नो भावनालाई सम्बन्धित पक्षहरूबाट पनि समर्थन भएकोमा सबैलाई धन्यवाद समेत दिए ।
मन्त्री कुसियतले २०७५ असार १३ गते प्रदेश सरकारको क्याविनेट बैठकबाट प्रस्ताव पारित भएसँगै विमानस्थल स्तरोन्नतिका लागि जोडबल सुरु भएको बताए । यसका लागि प्रदेशका मुख्यमन्त्री र संघीय सरकार र स्वयं प्रधानमन्त्रीले पनि सकारात्मक भूमिका निर्वाह गर्नुभएको उनले बताए ।
अध्ययनले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न २० वर्ष लाग्ने अनुमान गरेपनि १२ देखि १५ वर्षभित्र नै सक्ने लक्ष्य रहेको मन्त्री कुसियतले बताए । करिब ११ अर्ब बजेट खर्च लाग्ने अनुमान गरिएको सुबिधा सम्पन्न अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न थप १ सय ५५ बिघा जग्गा आवश्यकता रहेको छ । जग्गा प्राप्तिको काम यहि वर्ष प्रारम्भ भई अघिल्लो आर्थिक वर्षमा सम्पन्न हुने मन्त्री कुसियतले विश्वास व्यक्त गरे ।
तीनवटै सरकारको साझेदारीमा हुने यस कामले थप सहजता प्राप्त गर्ने मन्त्री कुसियैतको विश्वास छ । विमानस्थलको स्तरोन्नतिका लागि अघिल्लो वर्ष मात्र करिब साढे ४ बिघा जग्गा अधिग्रहण भइसकेको छ । विमानस्थलको स्तरोन्नति हुदै गर्दा क्षमता अनुसार उडान क्षमतासमेत विस्तार गर्दै लगिने मन्त्री कुसियतले बताए ।
प्रदेशभित्र रहेका १४ वटै विमानस्थललाई पनि निरन्तर सञ्चालन योग्य बनाउनेमा आपूm लागिपरेको मन्त्री कुसियैतले बताए । ती सबै स्थानमा विराटनगरबाट उडान भर्ने वातावरण चाँडै बन्ने उनको दावी छ ।