खबर पूर्वाञ्चल

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
त्यसको चार दिनपछि राष्ट्रपतिले गौतमलाई मनोनयन गरेकी हुन् । ‘उहाँ (गौतम) को मनोनयन भइसकेको छ । अब संघीय संसदलाई जानकारी गराउँछौं’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।