पूर्वाञ्चल खबर
सम्मानित हुनेहरुमा प्रतियोगिताको उपाधि विजेता अभिन्न मल्लिक र फस्ट रनरअप प्राचना साह रहेका छन् । जो सोही विद्यालयमा क्रमशः कक्षा ३ र ४ मा अध्ययनरत छन् । केही दिनअघि विराटनगरमा आयोजना भएको उक्त प्रतियोगितामा आफ्नै विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरेकोमा विद्यालयले खुशी व्यक्त गर्दै उनीहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको हो । यसले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने र अन्यलाई पनि यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहन मिल्ने विद्यालयले विश्वास लिएको छ ।
कार्यक्रममा सेन्ट जोसेफ कलेजका निर्देशक रोहित थपलियाले विजेता मल्लिक र फस्ट रनरअप साहलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरे । उनले विद्यार्थीहरुको प्रतिभाको कदर गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना गरे। साथै, विद्यालयले सधैं विद्यार्थीहरुको चौतर्फी विकासमा जोड दिने र उनीहरुको प्रतिभालाई उचित मञ्च प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
यस किसिमको सम्मानले बालबालिकाको मनोबल बढ्ने र उनीहरुलाई भविष्यमा अझ राम्रो गर्न प्रेरणा मिल्ने अभिभावकहरुले बताएका छन् । ‘फेस अफ विराटनगर’ बालबालिका तथा युवाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिँदै आएको एक लोकप्रिय प्रतियोगिता हो ।