AArya
RUMPUM
animated ellipse animated ellipse

डंका पिटाउँदै वायु प्रदुषणबाट हुने मृत्युलाई ५० प्रतिशतले न्यूनीकर, तथ्याङ्क थाह नै नभईकन गरिएको न्यूनीकरणको घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ असार २०८२, मंगलवार १८:४०
45
Shares
अनुज सापकोटा
विराटनगर / कोशी प्रदेश सरकारले विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा नसर्ने रोगका कारण प्रदेशमा १० मध्ये ७ जनाको मृत्यु हुने गरेको बताउँदै उल्लेख्य संख्यामा वायु प्रदुषणले पनि मानिसको मृत्यु गराउने गरेको बतायो ।
प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय कोशीले सोमबार आयोजना गरेको ‘स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी सरोकारवालाका लागि पैरवी कार्यक्रम’मा डंका पिटाउँदै वायु प्रदुषणबाट हुने मृत्युलाई ५० प्रतिशतले न्यूनीकरण गर्ने भनियो । तर मन्त्रालयले कुन श्रोतबाट कोशी प्रदेशको वायु प्रदुषणको अवस्था थाह पाउने हो, त्यो भने अज्ञात छ । वायु प्रदुषणको वास्तविक तथ्याङ्क थाह नै नभईकन गरिएको न्यूनीकरणको घोषणा हास्यास्पद देखिएको छ ।
मन्त्रालयकी जनस्वास्थ्य प्रसासक सभ्यता पन्थीले एआईकोमाध्यमबाट निर्माण गरिएको जनस्वास्थ्य सम्बन्धी प्रस्तुतीमा वायु प्रदुषणबाट हुने मृत्यु न्यूनीकरणको कुरा त कोट्याईन तर वायु प्रदुषणको अवस्था कोशीमा कस्तो छ भन्ने विषयमा मुख खोल्न उचित ठानिनन् ।
विराटनगर –३ स्थित डिभिजन वन कार्यालयको परिसरमा गाडिएको वायु प्रदुषणसम्बन्धी तथ्याङ्क देखाउने डिस्प्ले बोर्डलाई हाल आराम छ । बोर्डले वर्षौ अघिदेखि वायु प्रदुषणसम्बन्धी तथ्याङ्क, डाटा देखाउन छाडेको छ । बोर्डमा विराटनगर, धनकुटा लगायत कोशी प्रदेशका विभिन्न भागको वायु प्रदुषणको अवस्थामात्र नभई काठमाडौं, वीरगंज, नेपालगंज, जनकपुर लगायतका ठाउँका पनि तथ्याङ्क देखिने गरेको थियो । बोर्डको तथ्याङ्कबाट वातावरणसँग सरोकार राख्ने सर्वसाधारण, विद्यार्थी, वातावरण आवद्ध कर्मचारी लगायत लाभाम्वित हुने गरेका थिए ।
वायु प्रदुषण मापन यन्त्र महेन्द्र मोरङ क्याम्पसमा जडान गरिएको थियो । तर बीना सुरक्षाको सुनिश्चितता लापरवाहीपूर्ण ढंगबाट जडान गरिएको यन्त्रबाट केहि दिनमात्र बोर्डमा प्रदुषणका सूचकाङ्क प्रवाह हुने गरेको थियो । क्याम्पस परिसरबाट अलपत्र छाडिएका यन्त्रका पार्टपुर्जा चोरिएपछि  बोर्डमा प्रदुषण सम्बन्धी तथ्याङ्क प्रवाह हुन छाडेको थियो । पर्यटन, वन तथा वातावरण कोशीका सचिव विशाल घिमिरेले काठमाडौ स्थित पर्यटन, वन तथा वातावरण विभागमा यन्त्रबारे कुरा राख्दा विभागले सुनेको नसुनेझैं ग¥यो । विभागले नै ७ वटै प्रदेशमा वायु प्रदुषण सम्बन्धी यन्त्र र बोर्ड जडान गर्ने योजना अनुसार विराटनगरमा पनि यन्त्र र बोर्ड जडान गरेको थियो ।
डिभिजन वन कार्यालयका वन अधिकृत रामलखन ठाकुरले बोर्ड भालुको कन्पट भएको बताए । उनले बोर्डका कारण आफूहरूले यातना पाउनु परेको बताए । उनले सरोकारवाला निकायलाई बोर्ड संचालनका लागि बारम्बार आग्रह गरिँदापनि कसैले ध्यान नदिएको बताए ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक हरिशंकर झाले महेन्द्र मोरङमा जडित यन्त्र चोरिएको हुनाले समस्या उत्पन्न भएको बताए । उनले यन्त्रका लागि १० गुणन १० को क्षेत्रफल चाहिने र सुखा ठाउँ हुनुपर्ने बताउँदै विराटनगरको कुन ठाउँमा पुनः जडान गर्ने भनेर चर्चा चलेको बताए । झाले यस आर्थिक वर्षभित्र जडान सम्भव नरहेको र आगामी आर्थिक वर्षभित्र विभाग तातेभने जडान हुन सक्ने गोलमटोल तर्क दिए । यन्त्र र बोर्डको अभावमा तथ्याङ्कको उपलब्धताबीना स्वास्थ्य मन्त्रालयको वायु प्रदुषणसम्बन्धी मृत्यु न्यूनीकरण केवल रकम भ्mवाम्म पार्ने स्टन्टमा मात्र त सिमित हुने होइन भन्ने शंका उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर