AArya
RUMPUM
animated ellipse animated ellipse

लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ मंसिर २०७७, सोमबार ११:५१
342
Shares
झापा / झापाको मेचीनगर नगरपालिका–७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा लागुऔषध बिक्री बितरण गर्ने सिताराम आङदेम्बे , उनकी श्रीमती मनिषा मगर तथा लागुऔषध खरिद गर्ने धरान–५ का २४ बर्षीय कल्याण राई र धरान १६ का २४ बर्षीय रिजन लाकन्द्री रहेका छन् । सो वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले २८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र मोवाइल ३ थान समेत बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर