पूर्वाञ्चल खबर
नेकपा दाहाल–नेपाल समूहले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार अल्पमतमा परिसकेको हुनाले अविश्वास पारित हुने बताएका हुन् । इन्चार्ज आचार्यले संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता तथा प्रदेश सदस्यहरुसँग छलफल भईरहेको जानकारी समेत दिए ।
अविश्वास प्रस्ताव पारित भएपछि नयाँ सरकार गठनबारे छलफल अघि बढ्ने चर्चा गर्दै नेता आचार्यले अहिले सम्पूर्ण ध्यान अविश्वास प्रस्ताव पारित गर्नेमा केन्द्रित रहेको बताए । नेता आचार्यले सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले यही माघ १६ गते विराटनगरमा आयोजना गरिन लागिएको विरोध सभा भव्य हुने बताए ।
विरोध सभामा ६० हजार भन्दा वढी जनसहभागिता रहने दावी नेता आचार्यले गरे । विरोध सभामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्वोधन गर्ने समेत उनले जानकारी गराए ।