AArya
RUMPUM
animated ellipse animated ellipse

राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा, पाँच लाख भक्तजनको सहभागिता हुने अनुमान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ श्रावण २०८२, सोमबार १८:३२
126
Shares
विराटनगर /राधा कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने ५८ औ संस्करण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।

राधाकृष्ण रथयात्रा समिति–२०८२ द्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलन एसिया महादेशको सबैभन्दा ठूलो भारतको उडिसा राज्यको जगन्नाथपुरी पछिको दोस्रो ठूलो रथयात्राको रुपमा रहेको जानकारी दिएको छ ।

विराटनगर–१ पानीट्याङ्की स्थित राधाकृष्ण मन्दिरबाट भदौ १ गते आईतबार दिउँसो ३ वजे निकालिने रथयात्राले नगरको नौ किलोमिटरको दुरी तय गर्ने छ ।

विस १९८८ सालदेखि सुरु खट यात्राको ९४ औं महोत्सवको तयारी अन्तिम चरणमा पुगेको राधाकृष्ण मन्दिर कार्य समिति अध्यक्ष कैलाश रेग्मीले बताए । रथयात्राको उचाई २१ फिट तीन इन्च, चौडाई १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग आठ फिट रहने छ ।

रथयात्रामा स्वदेश तथा सीमावर्ती भारतका पाँचलाख भक्तजनहरु उपस्थित हुने अनुमान गरिएको छ । राधाकृष्ण रथयात्रामा कोशी प्रदेश, मधेश प्रदेश र भारतका विभिन्न प्रान्तका धर्मावलम्वीहरुको सहभागीता रहने अनुमान गरिएको छ ।

रथयात्राले परिक्रमाको क्रममा नगरका विभिन्न ४४ स्थानमा विश्राम लिने छ भने पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्राको समापन गरिने परम्परा छ । रथयात्राको व्यवस्थित रुपमा सञ्चालन गर्न एकहजार एक सय समारोह समिति गठन गरिनुका साथै १६ वटा उप समितिहरु निर्माण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर