कानेपोखरीमा ३ करोड २७ लाखको लगानीमा खानेपानी आयोजना उद्घाटन

खबर पूर्वाञ्चल, १ आश्विन २०७९, शनिबार २०:४३
189
Shares
कानेपोखरी / मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजना उद्घाटन भएको छ ।

कानेपाखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश १ प्रदेश सभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राईले उद्घाटन गरे । प्रदेश निर्वाचन क्षेत्रमा एक खानेपानी आयोजना अन्तर्गत सो खानेपानी आयोजना निर्माण भएको हो । २०७५ को पुस १६ गते राईले नै उक्त आयोजना शिलान्यास गरेका थिए । खानेपानीको उद्घाटन गर्दै सांसद राईले जिल्लाका कुनै पनि खाने पानी आयोजना यति छोटो अवधिमा सम्पन्न नभएको बताए ।

कानेपोखरीका ट्युववेल र इनार सुकेर यहाँका वासिन्दा काकाकुल बन्न लागेकोले सानो बस्ती भए पनि कानेपोखरी हाइवे क्षेत्र नै आफ्नो रोजाईमा परेको राईको भनाइ छ । २ लाख २५ हजार लिटर क्षमताको ओभर हेड ट्याङ्कीबाट २४ घण्टा पानी वितरण गर्ने गरी ३ हजार मिटर खाने पानी पाइप बिस्तार गरिसकिएको छ ।

स्थानीय सामूदायिक वनको ५ कट्ठा जमीनमा उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गरेको हो । कुल ३ करोड २७ लाख ९५ हजार रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५