RUMPUM
animated ellipse animated ellipse

जितेन्द्र गोल्छालाई कुटेर मधुबाबु तिवारीले मनोनयन गरे काँग्रेसकोतर्फबाट विराटनगर– ७ को वडाअध्यक्षको उम्मेदवारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७९, सोमबार १९:५८
17k
Shares
विराटनगर / क्षेत्रीय समितिले जितेन्द्र गोल्छालाई नेपाली काँग्रेसले विराटनगर–७ को अध्यक्षको उम्मेदवार बनाएको थियो । तर गोल्छालाई हालका वडा अध्यक्ष मधुबाबु तिवारीसहितको समुहले नेपाली काँग्रेस मोरङको पार्टी कार्यालय परिसरमा हातपात गरेर टिकट खोसेर पुनः अध्यक्षको उमेदवार मनोनयन गरेको आरोप तिवारीलाई लागेको छ ।

पार्टीको क्षेत्रीय समितिले जितेन्द्र गाल्छालाई वडाअध्क्षमा टिकट दिइएको थियो । गाल्छामाथि ममाथि हुलदंगा गर्दै मलाई दिइएको टिकट खोसेर लगियो गाल्छाले भने–तथानाम गाली सहनु प¥यो, हामी मारवाडी भएकोले केहि भन्न सक्ने स्थिति रहेन ।गोल्छालाई क्षेत्रीय सभापति देवराज तामाङले वडा अध्यक्षको टिकट दिइएका थिए ।

हिजो साँझ गाल्छालाई अध्यक्षमा उठाउने सहमति तिवारीले दिइएका थिए । तर आज एकाएक उनले ४०–५० जनाको समूहसहित पार्टी कार्यालय पुगेर टिकट खोसेको आरोप छ ।

पार्टी सभापति डिकबहादुर लिम्बुसँग छलफल गरिरहेको थिएँ, त्यहि बेला धेरै मानिसहरु पार्टी कार्यालय प्रवेश गरे गोल्छाले भने त्यसपछि मलाई धकेलाधकेल गरेर टिकट खोसेर आफ्नो नाम लेखेर मनोनयन दर्ता गराए गोल्छाले भने । उनले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा देखिएको असभ्य शैलीले आफू मर्माहत भएको गुनासो पोखे ।

तिवारी यस अगाडी समेत वडा अध्यक्ष थिए । उनले पुनः उमेदवार हुन राजीनामा दिएर तयारी गरिरहेका थिए । गोल्छा पार्टीका क्षेत्रीय सचिव समेत हुन् । मारवाडी समुदायलाई विराटनगरमा अवसर नदिएको भन्दै गुनासो बढिरहेको बेला गोल्छालाई दिईसकेको टिकट समेत काँग्रेसले खोसिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर