महानगरको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न

खबर पूर्वाञ्चल, १७ माघ २०७९, मंगलवार १९:००
117
Shares

विराटनगर/ विराटनगर महानगरपालिकाको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न भएको छ ।

विराटनगरस्थित आदर्श उच्च माविमा भएको तालिमको महानगरका मेयर नागेश कोइरालाले समापन गरे । तालिम समापन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले पठनपाठन सँगसँगै खेलकुदको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे । “विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकिने खेलकुदको विकास हुनेछ,” मेयर कोइरालाले भने, “पढ्नु मात्रै सबै कुरा होइन, पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयहरुले ध्यान दिनुपर्छ ।” खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासन सिकाउने उनको भनाइ थियो ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगर खेलकुद ऐन निर्माण भइसकेको जानकारी दिए । खतिवडाले ऐन निर्माण भइसकेका कारण अब महानगरभित्रको खेलकुद क्षेत्रको विकास हुने दाबी गरे ।

विद्यालयमा खेलकुदको विकास र राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यार्थी खेलाडीहरु सीप सिकेर सहभागी हुन भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको खतिवडाले बताए । सो अवसरमा मेयर कोइरालाले तालिमका प्रशिक्षक र सहभागीहरुलाई शैक्षिक प्रशासन महाशाखा प्रमुख खतिवडाले प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा सहभागी शिक्षकले आफ्ना विद्यार्थीलाई प्रशिक्षण दिनेछन् ।

तालिममा महानगर क्षेत्रभित्र सञ्चालित २४ विद्यालयका ३० जना शिक्षक र कर्मचारी सहभागी भएका थिए । समापन समारोहमा जिल्ला खेलकुद प्रमुख राजन पोखरेल, प्रशिक्षकका तर्फबाट उपेन्द्र यादव, सहभागीका तर्फबाट फडिन्द्र वस्तीले आ–आफ्ना विचार राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५