animated ellipse animated ellipse

१३ प्रतिशत लाभांश सञ्चारकर्मी सञ्चार सहकारीद्धारा वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०८१, शुक्रबार १७:५९
216
Shares
विराटनगर /सञ्चारकर्मी सञ्चार सहकारी लिमिटेड विराटनगरले १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सहकारीको आज विराटनगरमा सम्पन्न १३ औं बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०–०८१ मा १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको हो ।

११८ जना सञ्चारकर्मी सदस्य रहेको सहकारीमा आर्थिक वर्ष २०८०–०८१ सम्म शेयर पूँजी २४ लाख ३५ हजार ८ सय भएको छ । सहकारीको पूँजी तथा दायित्व १ करोड ७ लाख ८ हजार १५७ पुगेको छ ।

आर्थिक वर्ष २०८०–०८१ सम्म १६ लाख ७५ हजार ३५५ आम्दानी भएको र ७ लाख २९ हजार ४०७ रुपैयाँ कूल खर्च भएको साधारणसभामा अध्यक्ष दीपक दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीको खुद आय ५ लाख ८३ हजार ५२६ भएको छ । आर्थिक वर्ष २०८०–०८१ म ७१ लाख ६ हजार ८१५ ऋण लगानी ४० लाख २२ हजार ५०६ निक्षेप रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

साधारणसभाका अवसरमा उत्कृष्ट वचतकर्ताबाट सुमन सुस्केरा र उषा सरदार, असल ऋणीबाट श्यामसुन्दर सुतिहार र प्रल्हाद गुरागाँइ र अग्रज शेयर सदस्यबाट शिवबहादुर कार्की सम्मानित भएका छन्। अग्रज शेयर सदस्य सम्मान यसवर्षदेखि शुरु गरिएको सचिव विजयहरि खतिवडाले बताए।

साधारणसभामा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, प्रदेश सहकारी संघका अध्यक्ष डा.डिल्ली पोखरेल, बहुउद्देश्यीय सहकारी संघ मोरङका अध्यक्ष माधव अधिकारी, पत्रकार महासंघ मोरङ कार्यवहाक अध्यक्ष तारा आचार्यले शुभकामना मन्तव्य व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर