मिस एण्ड मिस्टर एसइइका प्रतियोगिले देखाए प्रतिभा

खबर पूर्वाञ्चल, २७ असार २०७९, सोमबार १६:५५
99
Shares
विराटनगर / मिस एण्ड मिस्टर एसइइका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् ।

असार ३२ गते हुने फाइनलमा छनौट भएका १४ जना प्रतियोगिहरूले ट्यालेन्ट राउण्डमा आ–आफ्नो प्रतिभा देखाएका हुन् । उनीहरूले नृत्य, गायन र नाटक प्रस्तुत गरेको जय मिडिया मेनेजमेन्टकी सिइओ नीशा खतिवडाले जानकारी दिइन् ।

प्रतियोगिताको फाइनलमा दृश्टी भण्डारी, एलिजा खत्री, पबिना गुरुङ्ग, प्रतिष्ठा रिजाल, प्रियंकाकुमारी साह, रिया कुमारी राजबंशी, सबिना बिस्ट, सचिता कुमारी महतो पुगेकी छिन् । यस्तै स्मारिका सुबेदी, सृजना चौधरी,सुप्रियाचौधरी, अरुण कुमार साह, हृदेश राइ र रोहन रसैली पुगेका छन् ।

ट्यालेन्ट राउण्डको निर्णायहरुमा जय मिडिया मेनेजमेन्टका चियरमेन जयराज राय, मिस कोशीको २०२१ को विजेता प्रशिका श्रेष्ठ, मिस कोशीको मिस ट्यालेन्ट भएकी आयुशा आचार्य र नृत्य निर्देशक राज साह रहेका थिए ।

प्रतियोगिताको विजेताले प्लस टु (+२) मा निःशुल्क छात्रवृती प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृती पाउने आयोजकले जनाएको छ । विजेता हुने मिस र मिस्टर दुवै जनाले विराटनगरस्थित कान्तिपुर कलेजमा पूर्ण छात्रवृत्ति पाउने छन् ।

फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृत्ति र अर्गनाइजेशन च्वाइस हुनेले ६० प्रतिशत छात्रवृति पाउनेछन् । छात्रवृत्ति पाउने प्रतियोगिले विज्ञान, व्यवस्थापन र होटल म्यानिजमेन्ट मध्ये कुनै पनि विषय रोजेर पढन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५