animated ellipse animated ellipse

भ्रष्टाचारीलाई कारवाहीको माग राख्दै अर्धनग्न प्रर्दशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ बैशाख २०८०, आईतवार १९:३२
225
Shares
विराटनगर / भ्रष्टाचारका काण्डहरूको फाइल खोल्न माग गर्दै विराटनगरमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

२०४६ सालयता सार्वजनिक भएका सबै भ्रष्टचारका काण्डहरु खोल्नुपर्ने माग राख्दै सामाजिक अभियान्ताहरुले विराटनगरमा आज अर्धनग्न प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र राजनीतिक दल अन्तर्राष्ट्रिय जगतमा नांगिएको भन्दै सांकेतिक रूपमा कपडा खोलेर विरोध गरेको बताएका छन् ।

विराटनगरको ट्राफिक चोकमा भएको प्रदर्शनमा सहभागीहरूले करोडौंको बंगला र घडेरी कसले किनिदियो ? लाखौंको गाडी कसले किनिदियो ? लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमात्रै होइन अहिलेसम्मका सबै भ्रष्टाचारका फाइलहरू खोलिनुपर्ने सामाजिक अभियन्ता उत्तम ढुंगेलले बताए । ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणलाई मात्रै देखाएर अरू भ्रष्टाचारका मुद्दाहरू ओझेलमा पारिँदैछ । अहिलेसम्म सार्वजनिक भएका भ्रष्टाचारका दोषीहरूलाई यसरी नै जनतासामु नांगेझार बनाउनुपर्छ भन्ने हाम्रो माग हो ,’ उनले भने ।

उनले यस्ता भ्रष्टाचारका काण्डहरूले अन्तर्राष्ट्रिय जगतमा नेपालको बदनाम भएको बताए । राजनीतिक दल नांगो भइसकेको उनको भनाई छ ।

विराटनगरको ट्राफिक चोकमा दिनहुँ विभिन्न समूहले भ्रष्टाचारीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा नेपाली नेपाली कांग्रेस शेखर समूहका नेता तथा कार्यकर्ताहरूको समेत उल्लेख्य सहभागिता हुने गरेको छ ।

विराटनगरमा भ्रष्टाचारविरुद्धको आन्दोलनको सुरुवात र संयोजन भने कोशी प्रदेशका पूर्व सांसद सुयर्माराज राईले गरेका थिए । आफ्नो पाँच वर्षे कार्यकालमा ढुंगा, गिटी, बालुवा तस्करीका मुद्दामा डटेर आवाज उठाएका राई अहिले नागरिक समाजको प्रतिनिधित्व गर्दै सडकमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर