animated ellipse animated ellipse

विभिन्न पार्टीबाट सयभन्दा बढी एमालेमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०७९, शनिबार १८:१३
576
Shares
विराटनगर / गत स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा उपमेयरको उम्मेद्वार रहेकी अनुदेवी कामत नेकपा (एमाले)मा प्रवेश गरेकी छिन् ।

जनमत पार्टी परित्याग गर्दै उनी आज एमाले प्रवेश गरेकी हुन् । एमालेले विराटनगर महानगरपालिका वडा नंं १२ मलङ्गवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा कामतको नेतृत्वमा नेपाली काँग्रेस, जनमत र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेर अरु एकसय १४ जना एमालेमा प्रवेश गरे ।

विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमाले स्थायी कमिटी सदस्य एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डित, प्रदेशसभा ‘ख’का उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण) लगायतले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै एमाले नेता पण्डितले एमालेको नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने बताए । गठबन्धनले मुलुकलाई अहित हुने काम गरिरहेको नेता पण्डितको प्रतिक्रिया थियो ।

नेता पण्डितले भने–मुलुकको विकास निर्माणको काम ठप्प छ, विकासका लागि मुलुकको नेतृत्व एमालेले गर्नुपर्छ । एमालेबाहेक अरु दलबाट विकास र समृद्धिको कल्पनासमेत गर्न नसकिने उनको भनाइ थियो ।

विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै पण्डितले सत्ता गठबन्धन विकास विरोधी भएको टिप्पणी पनि गरे ।

प्रदेशसभा सदस्यका उम्मेदवार पर्शुराम बस्नेतले विकासमा सधैँ पछाडि परिरहेको विराटनगरको मलङ्गवालाई समृद्ध बनाउने जिम्मा एमालेले लिने बताए । उनले अरु पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने सबैको राजनीतिक भविष्य एमालेले सुनिश्चित गर्ने प्रतिवद्धता पनि जनाए ।

एमालेको सरकार हुँदा विकासका धेरै कामहरू भएको बताउँदै बस्नेतले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा एमालेको नेतृत्वमा मात्रै पूरा हुने उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर