animated ellipse animated ellipse

मानव अधिकार रक्षकले खोजे पहिचान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०७९, बुधबार १८:३१
117
Shares
विराटनगर / मानवअधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला आज विराटनगरमा सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानव अधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्ने वेला आएको बताए ।

कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले मानव अधिकार रक्षकको अवस्थाबारे प्रस्तुतीकरण गरे । कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालयले ड्राफ्ट गरेको मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण सम्वन्धिआदेश २०७७ ले समेटेका विषयमा थापाले जानकारी गराए । उनले मानव अधिकार रक्षकहरूको अवस्था द्वन्द्वकालमाभन्दा सुधार भएको तर, अझै पनि ढुक्क हुने अवस्थाभने नरहेको बताए । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौलाले मानव अधिकार संवन्धि राष्ट्रिय कार्य योजना र मानव अधिकार संवन्धि निर्देशिकाहरु जारी भए पनि मानव अधिकार रक्षक संवन्धि छुट्टै कानुन निर्माण नभएकाले अझै पनि मानव अधिकार रक्षक राज्यको पहिचानमा नपरेको बताइन् ।

मानव अधिकारकर्मी मणिकुमार अज्र्यालले मानव अधिकार रक्षकहरूले धेरै काम गरेको भए पनि त्यस्ता कामको अभिलेखिकरण हुन नसकेको बताए । नारी विकास संघकी प्रमुख सिता शर्माले मानव अधिकार रक्षकहरूले गाइडलाईन विनै पनि काम गरिरहेको अवस्थामा सरकारले गाइडलाईन बनाउनु सकारात्मक रहेको बताइन् । गैरसरकारी संस्थामहासंघ प्रदेश १ का अध्यक्ष लखन साहले सबैको संगठन भए पनि मानव अधिकार रक्षकको बलियो संगठन नभएको बताए । मानव अधिकार रक्षकहरूको सञ्जाल, उप सञ्जाल गठन भएको तर बलियो र आधिकारिक संगठन नरहेको उनको भनाई छ ।

प्रदेश सरकारले बारम्बार लगानी सम्मेलनको कुरा गरे पनि प्रदेश १ मा लगानी सम्मेलन नहुँदा दातृ निकायहरू तथा अन्ताराष्ट्रिय गैर सरकारी संस्थालाई लगानी गर्ने वातावरण बन्न नसकेको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर