AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आजसम्मकै उच्च ३ सय ४३ कोरोना संक्रमित थपिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ आश्विन २०७७, बुधबार १८:३७
1.32k
Shares
विराटनगर / प्रदेश १ मा अहिलेसम्मकै सवैभन्दा बढी ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यस अघि सवै भन्दा बढी ३ सय ३० जना संक्रमित हिजो थपिएका थिए योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ४७ पुगेको छ ।

मोरङमा १ सय ६२, सुनसरीमा १ सय ३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ५७ महिला र ८० पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ४ पुरुष, रतुवामाईमा २ महिला १ पुरुष, रंगेलीमा २ महिला १ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, बुढीगंगा र ग्रामथानमा २–२ पुरुष, उर्लाबारी र धनपालमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीको धरानमा ५३ महिला ६१ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, बराहक्षेत्र र दुहवीमा २–२ पुरुष, भोक्राहानरसिंहमा २ महिला, गढी, हरिनगर, रामधुनी, इनरुवामा १–१ पुरुष, बर्जुमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै झापाको विर्तामोडमा २ महिला ४ पुरुष, भद्रपुरमा ६ पुरुष, दमकमा ३ महिला ३ पुरुष, गौरादहमा २ महिला २ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, कमल गाउँपालिकामा २ पुरुष, कचनकवलमा १ महिला, अर्जुनधारा, हल्दिबारी र शिवसताक्षीमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुष, भोजपुरमा १ महिला १ पुरुष, इलामको मांसेबुङ र देउमाईमा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १० जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पतालबाट डिस्चार्ज भएका हुन । हालसम्म ४ हजार १ सय ३२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर