पोखरेललाई ‘इन्टरनेसनल लिडरसिप मेडल अवार्ड’

खबर पूर्वाञ्चल, १८ जेष्ठ २०७७, आईतवार १९:००

विराटनगर / विराटनगरका समाजसेवी, व्यवसायी तथा लायन्स क्लब अफ विराटनगर सिटीका अध्यक्ष घनश्याम पोखरेललाई ‘इन्टरनेसनल लिडरसिप मेडल अवार्ड’बाट सम्मान गरिएको छ ।

पोखरेललाई लायन्स डिष्ट्रिक्ट इन्टरनेसनल ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन)को सिफारिसमा इन्टरनेसनल प्रेसिडेन्टबाट सम्मान गरिएको हो ।

पोखरेललाई आफ्नो कार्यकालमा २ सय ४८ वटा विभिन्न सामाजिक कार्यक्रम गरेको र २ लाख १९ हजार ५ सय ५० जनाले सेवा पाएको विवरणका आधारमा सम्मान गरिएको हो । पोखरेललगायत अन्य १५ जनालाई विराटनगरमा एक कार्यक्रमका बीच उक्त सम्मान हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५