विराटनगरमा ६७ सहित प्रदेश १ मा १ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि , ३०७ जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, ९ श्रावण २०७८, शनिबार १७:२६
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा ६७ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।
१ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरबाहेक पथरीशनिश्चरेमा २४, केराबारीमा २२, बेलबारीमा ११, उर्लाबारीमा ४, सुन्दरहरैचा र कटहरीमा २–२, रंगेली, बुडीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ४९, भद्रपुरमा २०, विर्तामोडमा ९, कमल गाउँपालिकामा ६, मेचीनगरमा ३, अर्जुनधारामा २, हल्दिबारी, कचनकवल, कनकाई, बुद्धशान्ति, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ७७, इटहरीमा ९, बराहक्षेत्रमा ३, इनरुवा, हरिनगर र कोशी गाउँपालिकामा १–१,  इलामको इलाम नगरपालिका, चुलाचुली, रोङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २ र कटारीमा १, पाँचथरको फिदिममा २, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको हलेसी तुवाचुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको   मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५