खबर पूर्वाञ्चल
एन्फा अध्यक्ष शेर्पाले एक भिडियोमा दिएको अन्तरवार्ता नेपालको कानुन र अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरित रहेको भन्दै चार जिल्ला फुटबल संघले प्रधानमन्त्रीसंग कारबाहीको माग गरेका छन् । काठमाण्डौं, भक्तपुर, ललितपु र धादिङ जिल्ला फुटबल संघले शेर्पाको नेतृत्वमा विभिन्न किसिमको अनियमितता र त्रुटिपूर्ण काम भएको भन्दै कारबाही गर्न माग गदै प्रधानमन्त्री कार्यालयमा निवदन दर्ता गराएका हुन् ।
‘शेर्पाले दिएको अन्तरवार्ताले मधेशी समुदायको भावनामा चोट पुगेको छ । त्यसैले कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हौ ।’ काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराजजंग शाहीले भन्नुभयो । चार जिल्ला फुटबल संघले एन्फा अध्यक्षलाई कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी दिएका छन् ।