animated ellipse animated ellipse

प्रदेश १ मा ५ सय ४७ जनाको परीक्षण गरिएको पीसीआरमा ४६ संक्रमित भेटिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०७७, आईतवार १९:०२
297
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा ३८ सहित प्रदेश १ मा आज थप ४६ जना कोरोना संक्रमित थपिएका छन् । ४६ जना थपिएसँगै प्रदेश १ मा संक्रमितको संख्या ४ हजार ७ सय ४२ पुगेको छ ।

मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा आज थपिएका ४१ संक्रमित मध्ये विराटनगरमा आज ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ ।

प्रदेश १ मा आज ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र २६ पुरुष रहेका रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ७ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर