RUMPUM
animated ellipse animated ellipse

सकियो हिसान सुनसरीको स्पोर्ट्स मिट, नृत्यमा बिश्वआदर्श च्याम्पियन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०७९, शनिबार २१:३२
126
Shares
सुनसरी /उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्टस् मिट २०७९ अन्तर्गत नृत्य प्रतियोगिताको उपाधी इटहरीको बिश्वआदर्श कलेजले जितेको छ ।

धरान स्थित सियोन स्कूलमा आज सम्पन्न समापन समारोह तथा नृत्य प्रतियोगितामा सहभागी १० वटा शिक्षालयलाई पछी पार्दै बिश्वआदर्शले उपाधी जितेको हो । प्रतियोगितामा धरान आदर्श माबिले द्धितिय स्थान हासिल गरेको छ । यस्तै इटहरीको पूर्वाञ्चल माबि तेस्रो हुदा धरान मेघा हिमालयन कलेजले सान्तवना स्थान हासिल गरेको छ । बिजयी बिद्यार्थीहरुलाई हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवाल, सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी अध्यक्ष सागर भटराई, सल्लाहकार केशव खड्का लगायतले शिल्ड तथा प्रमाणपत्र बितरण गरे ।

यसैबिच हिसान सुनसरीले यस बर्षको हिसान रत्न सम्मानबाट धरान उच्च माबिका संस्थापक ताराबहादुर निरौलालाई सम्मान गरेको छ । समापन समारोहमा निरौलालाई लामो समयदेखी सुनसरीको शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै सम्मान गरिएको कार्यक्रम संयोजक हेमन्त भण्डारीले जानकारी दिए ।

माघ ६ गतेदेखि औपचारिकरुपमा सुरु भएको खेल महोत्शव स्पोर्टस् मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, सेपाकताक्रो र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।

यसअघि गत महिनानै ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, बक्तृत्वकला, हाजिरीजवाफ र कबिता प्रतियोगिता सम्पन्न भैसकेको भण्डारीले जानकारी दिए । यसबर्ष हिसान रन समेत आयोजना गरिएको थियो । हिसान स्पोर्टस् मिटमा सुनसरी जिल्लाभरीका २ हजार २ सय बिद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएको हिसान सुनसरी अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर