AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रतिनिधिसभा सदस्यका लागि देशभर मतदान शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०८२, बिहीबार ०७:३१
126
Shares
विराटनगर/भदौ २३ र २४ गतेको आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर एकै चरणमा मतदान शुरु भएको छ ।

मतदानका लागि आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको छ । ७७ वटै जिल्लामा एकसाथ हुन लागेको मतदानलाई निष्पक्ष, व्यवस्थित, शान्तिपूर्ण र विश्वसनीय बनाउन व्यापक रूपमा सुरक्षा र प्रशासनिक सक्रियता बढाइएको छ ।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएको यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो ।

आजको निर्वाचनबाट प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना प्रतिनिधिसभा सदस्य चयन हुनेछन् । ‘पहिलो निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका ३ हजार ४ सय ६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तीमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य उम्मेदवार रहेका छन् । समानुपातिकतर्फ भने एक हजार ३६३ पुरुष र एक हजार १ हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगका अनुसार यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ ।

मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १४३ अस्थायी मतदानस्थलको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकताका आधारमा मतदान गर्ने सुविधा दिइएको छ ।

मतदाताको विवेकपूर्ण निर्णयले देशको स्थिरता, सुशासन र विकासको मार्ग तय गर्ने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर