RUMPUM
animated ellipse animated ellipse

दाहाल–नेपाल समूहले प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यको नाम प्रस्ताव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ पुष २०७७, आईतवार १२:०२
648
Shares
विराटनगर / नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यको नाम प्रस्ताव गरेको छ । प्रदेशका ३७ जना सभासदले मुख्यमन्त्रीमा भीम आचार्यको नाम प्रस्ताव गरेका हन् ।

अविश्वासको प्रस्तावमा मुख्यमन्त्री राईलाई दलको नेताबाट पनि हटाउन प्रस्ताव गरिएको छ ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । ३७ जनाले हस्ताक्षर गरेसँगै मुख्यमन्त्री राईले दलको नेतामा पनि स्पष्ट ढंगले बहुमत गुमाएका छन् ।

अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् । प्रदेशसभामा अन्य दलहरु नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ जना सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर