AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारीमा सरकार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७७, शुक्रबार १६:०५
3
Shares
काठमाण्डौं / सरकारले कोरोना भाइरस संक्रमण रोकथामकालागि दुई महिनादेखी हुदै आएको लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकोे आज बसेको बैठकले जेठ ५ गतेपछि लक डाउनको स्वरुप परिवर्तन गरेर जाने तयारी गरेको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए। जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तनको तयारी गरिएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर