RUMPUM
animated ellipse animated ellipse

जुत्तामा ‘आचार्य’ थर लेख्नेलाई कारबाही गर्न माग गर्दै सिआईविमा निवेदन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०८०, मंगलवार ११:४९
144
Shares
जुत्तामा ‘आचार्य’ थर लेख्नेलाई कारबाही गर्न माग गर्दै सिआईविमा निवेदन

काठमाडौं । जुत्तामा ‘आचार्य’ लेखिएकोप्रति आपत्ती प्रकट गर्दै आचार्य बन्धु समाजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएको छ ।

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको टोलीले सिआइबीको महाराजगंजसहित कार्यालयमा गएर उजुरी दिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी दिनेश आचार्यले साईबर ब्यूरोमा अनुसन्धान लागि पठाईने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गरिने बताए । केही दिनअगाडिको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीविरुद्धमा सिआईबीमा निवेदन दिने निर्णय गरेको थियो । प्रहरीमा उजुरी परेसँगै यस विषयमा अनुसन्धान सुरु भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर